सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अदालतले जलवायु परिवर्तन लगायतका वातावरणीय सङ्कटबाट बच्नका लागि उचित क्षतिपूर्तिसहितको व्यवस्था गर्नुपर्ने कुरालाई स्पष्ट पारेको बताएकी छिन्।
जलवायु परिवर्तनका कारण नेपालले ठुलो जनधनको क्षति व्यहोर्नु परेकाले त्यसबाट बच्नका लागि अदालतले जलवायु परिवर्तन र वातावरणीय न्यायको कुरामा केन्द्रित हुनुपर्ने कुरालाई स्पष्ट रुपमा उल्लेख गरेको उनको भनाई थियो । शनिवार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्व सन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा बोल्दै उनले न्यायाधीश प्रधानले नेपालले जलवायु परिवर्तनका बढ्दो जोखिमबाट क्षतिपूर्ति लिने गरी त्यसको प्रमाणहरू जुटाउने कुरामा ध्यान दिनुपर्ने बताइन।
उनले नेपालले जलवायु परिवर्तनका लागि ठुलो क्षतिको सामना गरिरहनु परेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण हुने गरी प्रविधि, विज्ञान र वित्तमा जोड दिनुपर्ने बताइन। न्यायाधीश प्रधानले अदालत विकास विरोध नभएको र दिगो विकासको पक्षमा रहेको पनि बताइन ।
प्रकाशित: १० कार्तिक २०८१ १५:२० शनिबार