२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दसैँमा सशस्त्रद्वारा उपत्यकामा निःशुल्क बस सञ्चालन, देशभर १९७ लिङ्गे पिङ

काठमाडौंका चक्रपथमा यात्रुको सहजताका लागि सशस्त्र प्रहरी बलले बडादसैँका दुई दिन निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ । सशस्त्र प्रहरीले महाअष्टमी÷महानवमीको दिन शुक्रवार(असोज २५ गते) र शनिवार विजयादशमीको दिन निः शुल्क बस सेवा दिइरहेको छ । 

शुक्रवार बिहान ६ बजे बाट सुरु भएको निःशुल्क बस सेवाअन्तर्गत एउटा बस  प्रधान कार्यालयबाट कलंकी, सात दोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा चलाइएको र अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला , कोटेश्वर , सात दोबाटो, कलंकी रुटमा सञ्चालन गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

चाडपर्वको समयमा सार्वजनिक सवारीसाधन कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस सञ्चालन गरिएको हो । बडादसैँको अवसरमा यसअघिका वर्षमा पनि काठमाडौंमा सशस्त्र प्रहरी बलले  निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको छ । 

यस्तै सशस्त्र प्रहरीले देश भरी स्थानीय निकायसँगको समन्वय गरेर १९७ वटा लिङ्गे पिङ राखेको छ । सशस्त्रले पिङ राख्ने काम विगत १४ वर्षदेखि निरन्तरता गर्दै आएको छ ।

प्रकाशित: २५ आश्विन २०८१ १९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App