२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

दसैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा

नेपालीहरूको महान् चाड दसैँको अवसरमा घर बिदा जाने नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवारलाई नेपाली सेनाले यातायात सुविधा सञ्चालन गरेको छ।

आश्विन १८ गतेदेखि विभिन्न स्थानहरूमा जाने परिवारलाई नेपाली सेनाले  सहुलियतको यातायात सुविधा (स्थल तथा हवाई) सञ्चालन गरेको हो।

सडक सञ्जालको पहुँच पुगेका स्थानहरूमा सवारी साधन (बस) मार्फत १२३० जना र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी/हिमाली क्षेत्रहरू लगायत लामो दुरीका गन्तव्यहरूमा हवाई उडानमार्फत ७२१ जना गरी हालसम्म १९५१ जना सकल दर्जा एवं आश्रित परिवारहरूले यातायात सुविधा मार्फत यात्रा गरिसकेका छन्। यो सुविधा आगामी आश्विन २४ गतेसम्म सञ्चालन हुनेछ।

नेपाली सेनाले कल्याणकारी कार्य अन्तर्गत बहालवाला र भू.पू. सैनिक तथा तिनका आश्रित परिवारजनलाई लक्षित गरी विविध सैनिक कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित: २३ आश्विन २०८१ १३:३० बुधबार