१५ पुस २०८१ सोमबार
image/svg+xml
समाज

कोशी र बागमतीमा आगामी २ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिनसम्म कोशी र बागमती प्रदशेमा भारी वर्षाको सम्भावना पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले बुधवार एक सूचना जारी गर्दै असोज १० गतेदेखि १२ गतेसम्म परेको पानीले जमिन गलेकाले पहिरोको जोखिम औंल्याउँदै सानो वर्षा हुँदा समेत ठूलो पहिरो जानसक्ने र कुनैपनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावत रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।

प्राधिकरणले यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न, ठूलो पानी पर्न लागेको बेला सुरक्षति स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रै यात्रा गर्न र नदी किनारका बस्तीमा एक्कासी बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उच्च सतर्कता अपनाउन भनेको छ।

प्रकाशित: १६ आश्विन २०८१ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App