१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नारायणी बस्ती पस्दा स्थानीय सुरक्षित स्थानतर्फ

अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी गैंडाकोट र भरतपुरका केही बस्तीमा पसेको छ। गैंडाकोट नगरपालिका– २, ६, ७ र ९ र भरतपुर महानगरपालिका– १ र २५ कका नदी किनारका बस्तीमा नारायणी पसेको पसेको हो ।

नारायणीले सबैभन्दा धेरै गैंडाकोटतर्फ क्षति पुर्‍याएको छ। गैंडाकोट सातका स्थानीय लेखराम सापकोटाका अनुसार बढी पसेपछि स्थानीयहरू आफ्ना सरसमान र वस्तुभाउलाई सुरक्षित स्थानतर्फ लागेका छन्।

अहिले जनप्रतिनिधि र प्रहरी आएर सुरक्षित स्थानतर्फ जानका लागि सहयोग गरिरहेको उनले जानकारी दिए। गैंडाकोट आसपासमा सयको हाराहारीमा घर डुबानमा परेका छन्।

यस्तै भरतपुरतर्फ देवघाट, नारायणगढ र भरतपुर– २५ को सासुवानी क्षेत्रका नदी किनारमा बाढी पसेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका– १ स्थित  देवघाटमा रहेको जय भोले कुटी (थारू कुटी) र अखण्ड धर्मशालामा बस्ने एक सय मानिसलाई माडवारी समाजको भवनमा उद्धार गरी सारिएको छ।

यस्तै भरतपुर २५ सासुवनीमा पनि एक फर्निचरमा नारायणी बस्ती पसेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाकारी दिएको छ।

नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो। चितवनमा बिहीबारदेखि निरन्तर वर्षाका भइरहेको छ।

तल्लो तहमा पनि नारायणी नदीको सतह खतराको तहमा पुग्न थालेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ।

प्रकाशित: १२ आश्विन २०८१ ०९:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App