१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। व्यवसायमा धन आर्जन कम हुने योग देखिन्छ। इष्ट मित्रसँग वैचारिक मेलको योग रहेको छ। अध्ययनमा समय ठिक छ। स्वदेश यात्राको समय रहेको छ।

वृष राशिः अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुने छ। धन खर्च हुने समय छ। व्यापार व्यवसायमा कम फल प्राप्तिको समय छ। जल उद्योगमा लगानी गर्दा राम्रो हुन्छ। कार्यमा प्रयास गर्दा थोरै मौका प्राप्त हुने देखिन्छ।

मिथुन राशिः पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। काममा विवाद हुन सक्ने हुँदा, जोगिनु होला। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सवारी साधन क्रयको योग छ। वैदेशिक यात्रामा भाग्य राम्रो छ।

कर्कट राशिः वाणी सिद्धि हुने समय छ।  विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ। अग्रजमा सामान्य चर्म रोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा अशुभ देखिन्छ। यात्रामा फल प्राप्त योग छ।

सिंह राशिः घरपरिवारमा प्रेम सद्भाव रहनेछ। अध्ययनमा सफलता मिल्ने छ। व्यापार गर्नेहरुलाई  मध्यम छ। सामान्य रोग देखिन सक्छ। नयाँ कार्यमा थोरै लाभ आउने  छ। उन्नति प्रगति कम हुने दिन छ।

कन्या राशिः काष्ठ उद्योगमा लगानी गर्दा राम्रो हुन्छ। कार्यमा प्रयास गर्दा मौका प्राप्त हुने देखिन्छ। अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुनेछ। व्यवसायमा विशेष फल प्राप्तिको समय छ। लगानीको केही धन प्राप्त हुने देखिन्छ।

तुला राशिः नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। राजनीतिक सफलता मिल्नेछ। मित्रसँगको भेटघाट रमाइलो हुनेछ। नयाँ कार्य गर्दा बिचारपूर्वक गर्नुहोला। कठीन पराक्रमबाट कार्यसिद्धि हुने योग छ । यात्राको योग रहेको छ।

वृश्चिक राशिः व्यवसायमा उचित लाभ प्राप्त हुने छ । जग्गा सम्वन्धी काममा अर्थ व्ययको समय छ । हल्का कार्यबाधा योग परेको छ । उन्नति कम हुने योग देखिन्छ। अध्ययनार्थीका लागि दिन राम्रो रहेको छ।

धनु राशिः अध्ययनमा सफलता मिल्ने योग छ। बिलासी खानपानमा प्रवेश नगर्नु नै वेस हुन्छ। व्यापारमा फल प्राप्त हुनेछ। अरु क्षेत्रमा राम्रो फल प्राप्त हुने छ। धार्मिक कार्यमा रुची बढ्ने देखिन्छ।

मकर राशिः व्यापारको कार्य गर्दा विचार पु¥याएर गर्नुहोला। बिलासी कार्यमा प्रवेश नगर्नु होला। आर्थिक क्षेत्रमा आंशिक सफलता मिल्नेछ। अध्यनार्थीलाई ज्ञानमा रुची बढ्ने छ । यात्राको योग मध्यम देखिन्छ।

कुम्भ राशिः व्यापारको क्षेत्रमा अर्थ लगानीमा केही बाधा छ। राजनीति क्षेत्रमा सफलता मिल्नेछ । नयाँ कार्यसिद्धिमा सामान्य दोष छ। सामान्य चर्म रोग देखिन सक्छ। धार्मिक कार्यमा रुची मध्यम देखिन्छ।

मीन राशिः व्यापारको धन आउने योग छ। यात्रा गर्दा दिनको सुरु मै गर्नु होला । स्वास्थ्यमा हल्का बिकार आउने देखिन्छ। सामाजिक सम्मान मिल्ने छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ।

प्रकाशित: १२ आश्विन २०८१ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App