३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मुस्लिम धर्माबलम्बीले आज मोहम्मद जयन्ती मनाउँदै

मुस्लिम धर्माबलम्बीले आज मोहम्मद जयन्ती (मोहम्मद दिवस) हर्षोल्लासका साथ मनाउँदैछन्।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवतको रवि अव्वल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट  ५७० एडीमा भएको थियो। उनको निधन भने मृत्यू मक्कामा ६३२ जून ८ मा ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो। साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन्।

मोहम्मद डे लाई इद मिला दुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ।

आजको दिन मुस्लिम समुदायले रैली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन रहेको छ।

मोहम्मद दिवसको अवसरमा सरकारले आज मुस्लिम धर्माबलम्बीलाई बिदा दिएको छ।

प्रकाशित: ३१ भाद्र २०८१ ०६:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App