१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मेयरसँग २५ लाख फिरौती माग्ने पक्राउ

सर्लाही– हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंलाई फोनबाट २५ लाख रुपैयाँ फिरौती माग्ने प्रमोद बैठालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार मलगंवा ८ बाट समातिएका २६ वर्षीय बैठाले आफूलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहको सदस्य भन्दै मेयर प्रसाईंसँग २५ लाख फिरौती मागेका थिए।

सर्लाही प्रहरी प्रवक्ता डिएसपी राजेश थापाका अनुसार बैठाले फिरौती बापतको रकम नदिए ज्यान मार्ने तथा अपहरण समेत गर्ने धम्की दिएका थिए। सर्लाही क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहलाई समेत उनले फोन गरी फिरौती मागेका थिए।

बैठालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डिएसपी थापाको भनाई छ। उनीविरुद्ध गोली हानी घाइते बनाएको, फोनबाट फिरौती मागेको र अपहरण उद्योग लगायतका मुद्दा अदालतमा विचाराधीन छन्। उनी अपराधिक गतिविधिमा संलग्न भर्इ कारागार बसिसकेका पेशेवर अपराधी हुन।

आफूलाई धम्की दिने अभियुक्त पक्राउ परेपछि मेयर प्रसाईले प्रहरीलाई धन्यवाद दिएका छन्। आफूलाई पटक पटक मधेसका विभिन्न अपराधिक गिरोहबाट अपहरण र ज्यान मार्ने धम्की आइरहे पनि आफूले वेवास्ता गर्दै अघि बढेको उनको भनाई छ।

प्रकाशित: २० चैत्र २०७४ १५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App