४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जना नियन्त्रणमा

गौरा पर्वमा टुँडिखेलमा नाराबाजी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

भदौ १० गते टुँडिखेलमा आयोजित गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने क्रममा नाराबाजी गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सुर्खेत घर भएका गोपीराम जैशी र अछाम घर भएका रामबहादुर बुढा छन्। 

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रकाशित: १२ भाद्र २०८१ ११:३२ बुधबार

#Gaura festival