४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

हर्दौना बस्ती जोगाउन बाणगंगा नदीमा अस्थायी तटबन्ध

नदी कटान रोक्न स्थायी समाधान खोज्नु पर्ने माग

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १० हदौनामा अस्थायी तटबन्ध निर्माण गरिए पछि गाउँ सुरक्षित भएको छ। गत असार र साउनमा बाणगंगा नदीमा बाढी आउँदा तीव्र रूपमा नदी कटान भएको थियो।

नदी कटानले हदौनाका २५ घर बगाउने जोखिम बढेको थियो। यस्तै २ घर गाउँबाट अनेत्र सुरक्षित स्थानमा सारिएको थियो। नदी कटान पछि सांसद सुरेन्द्रराज आचार्यले तटबन्धका लागि पहल गरेका थिए। सोही आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनपछि बुटवल स्थित जनताको तटबन्ध कार्यक्रम अन्तर्गत १ सय ७० मिटर अस्थायी तटबन्ध निर्माण गरिएको कार्यालय प्रमुख शम्भु पण्डितले बताए। त्यस क्षेत्रका सांसद आचार्यको पहल पछि मन्त्रालयको निर्देशनमा हर्दौनामा अस्थायी तटबन्ध निर्माण गरिएको उनले बताए।

‘तटबन्धका लागि कार्यक्रममा कुनै बजेट छैन, मन्त्रालयले पछि मिलान गर्ने गरी हालकालागि उधारोमा भए पनि काम गरेका छौ’ उनले भने। सो तटबन्धले बस्ती जोगिएको उनले बताए। साउनको पहिलो साता नदी कटान गरे पछि तटबन्धको निर्माण सुरु गरी काम सम्पन्न गरिएको पण्डितले बताए। हर्दौनामा ५ सय मिटर बढी नदी कटान भएको उनले बताए। नदी कटान सुरु गर्न लाग्दा सशस्त्र प्रहरीको अगुवाइमा त्यहाँ नदीको बहाव फर्काउने काम समेत गरिएको थियो।

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १० अध्यक्ष शैलेन्द्र चौधरीले अस्थायी तटबन्धले केही समयकारलागि बस्ती जोगाएको बताए। उनले स्थायी समाधान नगरिए हदौना गाउँलाई जोगाउन मुस्किल हुने बताए। हर्दौनाका रमेशबहादुर सिंहले अस्थायी तटबन्धले गाउँ केही समयकारलागि सुरक्षित भएको बताए।

‘बाढी आउँदा हामीलाई कसरी ज्यान बचाउने त्यही चिन्ताले सताउँछ,।’ यहाँका साढे चार सय घर परिवार नदीको चपेटामा परेका छन्’ उनले भने। निरहु चमार र शिवपुजन चमारको घरमा नदी पसे पछि उनीहरुलाई सशस्त्र प्रहरीको सहयोगमा अन्तै सारिएको थियो। नदी कटानले दुई महिना यता आफुहरु रातभरी जाग्रमा बस्दै आएको पीडित शिवपुजनले बताए। उनले गाउँमा नदी पस्ने डरले रातभरी पालैपालो पहरेदारी गर्ने गरेको बताए।

महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले अस्थायी तटबन्ध निर्माणले केही समयकारलागि हदौना गाउँको संरक्षण भएको बताए। उनले बाणगंगा नदी कटान रोक्न लामो समय देखि रोकिएको बाणगंगा नदीको संरक्षण कार्यक्रम सञ्चालन गर्नु पर्ने बताए। उता भारत सरकारको ५ अर्ब रुपैयाँ अनुदानमा बाणगंगा नदीमा सञ्चालन हुने जेसिआईएफएन कार्यक्रम समेत डेढ बर्ष हुँदा समेत सञ्चालन हुन सकेका छैन। भारतीय अधिकारीहरुसंग बैठक बसी आवश्यक प्रकृया पछि सो कार्यक्रम सुरु हुने प्रमुख शम्भु पण्डितले बताए।

प्रकाशित: ११ भाद्र २०८१ १७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App