१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा बागचन्द

न्याय परिषद्ले शुक्रवार बसेको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय छ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रवार बसेको बैठकले डा बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए ।

३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

परिषद्को बैठकले न्याय सेवाबाट २५, सरकारी वकिलबाट छ र कानुन सेवाबाट चार जना गरी ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

परिषद्को जिल्ला न्यायाधीशमा सिफारिस गरेका जिल्ला न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले नियुक्तिका लागि गर्ने संवैधानिक व्यवस्था रहेको छ । हाल सर्वोच्च अदालतमा चार तथा उच्च अदालतमा १० न्यायाधीशको पद रिक्त रहेको छ ।

प्रकाशित: २५ श्रावण २०८१ २१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App