३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक छैन: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा वन क्षेत्र बढाउने योजना आवश्यक नरहेको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन । उनले नेपालमा खेती गर्न छोडेसँगै वन क्षेत्र बढिरहेकाले वन क्षेत्र बढाउने योजना बाउन आवश्यक नरहेको बताए।

उनले नेपाल उर्वर भूमि रहेकाले बोटबिरुवा आफैँ उम्रिने र हरियाली बढ्ने अवस्था रहेको बताए । महासचिव पोखरेलले मानिसहरूले खेती गर्न छोडेसँगै जनावहरु सो क्षेत्रमा वनको रुपमा उपयोग गरी बस्न थालेको बताए।उनले वन क्षेत्र बिस्तार गर्ने कुरा अब नेपालको चासोको विषय बनाइ रहन आवश्यक नरहेको बताए । 

उनले भने, ‘हाम्रो प्रकृति यस्तो छ, जहाँ बोटबिरुवा उम्रिहाल्छ, हरियाली क्षेत्र बढिहाल्छ । अब एक प्रकारले भन्नुहुन्छ भने नेपालमा वन क्षेत्र बढाउने भन्ने खालको योजना जरुरी छैन । किनकि त्यो जनावरहरूले नै बढाइदिएको बढाइदिएकै छन् । मान्छेले खेती गर्न छोडेपछि त वन क्षेत्र त बढेको बढ्यै छ । किनकि जनावरले उत्पादन खाइदिएपछि किन खेती गरिरहने रु खेती गर्न छोडेपछि वन जंगल हुर्किहाल्छ । हाम्रो प्रकृति नै उर्वरा प्रकृति छ । त्यस अर्थमा वन क्षेत्र बिस्तार गर्ने कुरा अब नेपालको चासोको विषय बनिरहनु पर्छ भन्ने लाग्दैन । तर विगतमा हामीले संरक्षण नै मुख्य कुरा भन्ने अवस्थामा थियो भने अब कति आवश्यक हो भन्ने कुराको विश्लेषण आवश्यक छ ।’

महासचिव पोखरेलले जनावर र मानवबिचको द्वन्द्वलाई सही रुपमा व्यवस्थापन गर्न नसके विस्फोटक रुप लिने जिकिर गरे । उनले प्रकृतिको लाभ कम देख्न थालेपछि प्रकृतिको संरक्षण हुन नसक्ने बताए। अरूका लागि प्रकृति संरक्षण गर्ने नभई आफ्ना लागि गर्नुपर्ने बताए।

प्रकाशित: २५ श्रावण २०८१ १७:२३ शुक्रबार

#Community forest #World Forest Day #CPN-UML General Secretary Shankar Pokharel