२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अब राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टीका र टोपी लगाउन पाइने

राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ।

सरकारले बिहीबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रमा धार्मिक, साँस्कृतिक र जातीय पहिचान झल्किने पहिरन लगाएको फोटो राख्न पाइने जनाएको छ। गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना जारी गर्दै फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउँदा बाधा नपर्ने जनाएको हो।

राष्ट्रिय परिचयपत्रको लागि फोटा खिचाउँदा टोपी, सिन्दूर, पोते र टिकासमेत हटाइएको भन्दै सरकारको आलोचना भएपछि विभागले चारबुँदे निर्देशन जारी गर्दै आफू मातहतका सम्बन्धित निकायलाई यस्तो निर्देशन दिएको हो।

विभागले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राष्ट्रिय परिचयपत्र एकाइलाई निर्देशनसमेत दिएको छ।

राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाइ सेवा प्रवाहलाई सरल, सहज र थप प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको विभागले जनाएको छ। 

 

प्रकाशित: १७ श्रावण २०८१ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App