४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका कर्मचारीहरूको आन्दोलन आज पनि जारी

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतका कृषि प्राविधिक समूहतर्फका कर्मचारीहरूको आन्दोलन आज पनि जारी छ।

नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बनेपछि कृषि तथा पशुपन्क्षी विकासमन्त्रीको रुपमा मन्त्रालय सम्हालेका रामनाथ अधिकारीले समस्या समाधानको लागि केही समय दिन माग गरेपछि आन्दोलन स्थगित गरेका कर्मचारीहरूले बुधवारबाट पुनः आन्दोलन सुरु गरेका छन्।

आफूहरूको मागको सम्बन्धमा कुनै चासो नदिएका कारण आन्दोलन पुनः सुरु गरेको उनीहरूले बताएका छन्।

कर्मचारीहरू समायोजनपछि बढुवा नभएको भन्दै उनीहरू मन्त्रालयको प्रवेशद्वारमा धर्ना बसेका छन्। सङ्घमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषि तर्फका थप समायोजन भएको जनशक्ति रहेको ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्नेजस्ता माग राखेर कर्मचारी आन्दोति भएका हुन्।

प्रकाशित: १७ श्रावण २०८१ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App