४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नेवाद्वारा बागलुङमा दुई वर्षमा एक हजार आठ सय १५ धारा जडान

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ। दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो।

खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै  बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो। नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई तीव्रगतिमा अघि बढाएको छ। 

नेवाको सहयोगमा १९ हजार एक सय १८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन्।  आर्थिक वर्ष २०७९/०८० मा नेवाले जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका जैमिनी नगरपालिकाको ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो।

तीस वटा आयोजना सम्पन्न गर्न नेवाले छ करोड २० लाख पाँच हजार सात सय २५, पालिकाहरुको रु एक करोड ६४ लाख ९५ हजार नौ सय १४, उपभोक्ताबाट ३४ लाख ८३ हजार पाँच सय १२ र दुई करोड पाँच लाख १२ हजार तीन सय १२ बराबरको  श्रमदान भएको थियो। -रासस

प्रकाशित: १६ श्रावण २०८१ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App