१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बेँसीसहर–चामे सडक अवरुद्ध

फाइल तस्बिर

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। गएरातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उक्त कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्ष अघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज पनि पहिरो खसेको हो। सो स्थानभन्दा मुनि  मस्र्याङ्दी नदी रहेको जोखिमपूर्ण स्थाल हो। सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ। रासस

प्रकाशित: १६ श्रावण २०८१ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App