जिल्ला कारागार ताप्लेजुङमा कुलमध्ये आधाभन्दा बढी जबर्जस्ती करणी तथा करणी उद्योगको मुद्दा झेलिरहेका कैदी तथा थुनुवा रहेको पाइएको छ। जिल्ला कारागार कार्यालय ताप्लेजुङका प्रमुख कुलेन्द्र खवासका अनुसार ताप्लेजुङ कारागारमा एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ जना रहेका छन्।
उनीहरूमध्ये ७३ जना जबर्जस्ती करणी तथा करणी उद्योगको मुद्दा झेल्नेहरू रहेको कारागार कार्यालयले जनाएको छ। कुल कैदी तथा थुनुवाका हिसाबले यो झन्डै ५०.३४ प्रतिशत हुन आउँछ। कारागारका अनुसार जबर्जस्ती करणी उद्योगका ४० कैदी र नौ थुनुवा छन्।
हाडनाता करणीका नौ कैदी हुँदा जबर्जस्ती करणी उद्योगका नौ कैदी र तीन थुनुवा, बालबालिका जबर्जस्ती करणी उद्योगका दुई थुनुवा र कर्तव्य ज्यान तथा जबर्जस्ती करणीका एक कैदी रहेका छन्। करणीपछि ज्यान मार्ने उद्योगका ३५ जना कैदी तथा थुनुवा रहेका छन्।
यस्तै ज्यान मार्ने उद्योगका ७, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका १, डाका र चोरी मुद्दाका ६, लागुऔषधका ६ र सवारी ज्यानका ३ जना कैदी तथा थुनुवा कारागारमा रहेका छन्। जानकारहरूका अनुसार २५ जना कैदी तथा थुनुवा अट्ने गरी १९९२ सालमा ताप्लेजुङ कारागार निर्माण भएको हो।
प्रकाशित: १६ श्रावण २०८१ ०७:२३ बुधबार


-600x400.jpg)


-600x400.jpg)