३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः व्यापार व्यवसायमा, नवीन कार्यमा हात नहाल्नु होला। आफन्तसँग शुभ भेटघाट हुनेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। जग्गासम्वन्धी काममा मध्यम फल प्राप्तिको समय छ।

वृष राशिः कार्यमा प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। अध्ययनको क्षेत्रमा सफलता प्राप्त हुनेछ। पहिलेको धन प्राप्त हुने देखिन्छ। व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। उद्योगमा लगानी गर्दा मध्यम हुने छ।

मिथुन राशिः मित्रहरुबाट कार्यसिद्धि योग रहेको छ। केही उन्नति हुने दिन देखिन्छ। व्यवसायमा लगानी गरे धन आर्जन हुने देखिन्छ। सामान्य चर्म रोग देखिन सक्छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ।

कर्कट राशिः राजनीति क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी नगर्नु होला। सामान्य उदर रोग देखा पर्न सक्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

सिंह राशिः पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। हल्का विवाद हुन सक्ने हुँदा जोगिनु होला। ज्ञान आर्जनमा रुचि बढ्ने छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। यात्रामा फल प्राप्त योग छ।

कन्या राशिः विद्यार्थीका लागि पढाइ राम्रो हुने योग रहेको छ। अग्रजमा सामान्य कर्ण रोग देखापर्न सक्ने छ। यात्रामा फल प्राप्त हुने योग छ। व्यापार व्यवसायमा शुभ देखिन्छ। वाणी सिद्धि हुने समय छ।

तुला राशिः पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। अन्यको सहयोग लिएर काम नगरी आफै कार्य गर्नु होला। स्वास्थ्यमा केही बिकार आउने देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने छ। सामाजिक सम्मान मिल्ने छ।

वृश्चिक राशिः परिवारमा धन आर्जन हुने योग देखिन्छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामान्य मतान्तर हुन सक्ने हुँदा जोगिनु होला। स्वदेश यात्राको योग रहेको छ। भेटघाटमा सहभागी हुनुपर्नेछ।

धनु राशिः राजनीतिमा सफलता मिल्नेछ। नयाँ कार्यगर्दा विचारपूर्वक गर्नुहोला। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। यात्रा हुनेछ। पराक्रमबाट कार्यसिद्धि हुने योग छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ।

मकर राशिः अध्ययनमा सफलता मिल्ने छ। उन्नति प्रगति हुने दिन छ। व्यापार व्यवसाय गर्नेलाई  मध्यम छ। सामान्य रोग देखिन सक्छ। नयाँ कार्यमा थोरै बाधा आउने छ। घरपरिवारमा प्रेम सद्भाव रहनेछ।

कुम्भ राशिः बाहिरी खानपानमा प्रवेश नगर्नु नै वेस हुन्छ। पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। व्यापारमा कम फल प्राप्त हुनेछ। बिलासी क्षेत्रमा केही फल मिल्ने योग छ। अध्ययनमा सफलता मिल्ने योग छ।

मीन राशिः धार्मिक कार्य गर्नु शुभ छ। जीवन साथीसँग प्रेम सद्भाव रहने छ। वैदेशिक यात्राको योग मध्यम देखिन्छ। व्यापारको कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।  

प्रकाशित: १५ श्रावण २०८१ ०६:२४ मंगलबार

# Rashifal #Kumbha Rashi