४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

महाकाली नदीमा हाम फालेकी किशोरी बेपत्ता

दार्चुलामा एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। शनिबार नदीमा हाम फालेर उनी बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता तथा प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ करिब सवा ६ बजेतिर दुहु गाउँपालिका-४ थारा बस्ने १६ वर्षीया किशोरी धनिषा कुँवरले महाकाली नगरपालिका-४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन्।

उनी हाम फाल्न भनेर नदीको डिलमा पुगेको भनेर स्थानीयले खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ गरेका थिए। तर, नमानेपछि उनलाई समात्न एक प्रहरी नजिकै गएका थिए। त्यही बेला कुँवरले नदीमा हाम फालेकी बताइएको छ।

अहिलेसम्म फेला नपरेकी र उनको खोजीकार्य जारी रहेको  प्रहरीले जनाएको छ। उनले हाम फाल्नुको कारण भने खुलेको छैन्। उनले नदीमा हाम फालेको भिडियो अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

प्रकाशित: १३ श्रावण २०८१ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App