९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

चितवन मेडिकल कलेजको तेस्रो तलाबाट खसेर घाइते भएका वृद्धको मृत्यु

चितवनको कलेज अफ मेडिकल साइन्स (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचाररत एक बिरामी अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु भएको छ।

नवलपरासीको हुप्सेकोट गाउँपालिका-९ का ७६ वर्षीय बल बहादुर खम्चा मगरको आज बिहान साढे एघार बजे मृत्यु भएको हो।

उनी पिसाब थैलीमा क्यान्सर सम्बन्धीको उपचार गर्न बुधबार अस्पताल आएको चितवन प्रहरीले जानकारी दिए।

उनी आज बिहान १०:४० बजे अस्पतालको ए ब्लकको तेस्रो तला माथिको झ्यालबाट खसेर गम्भीर घाइते भएका थिए। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ३ श्रावण २०८१ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App