३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नाबालिकालाई यौनजन्य क्रियाकलापमा लगाएको अभियोगमा दुईजना पक्राउ

नाबालिगहरूलाई यौनजन्य क्रियाकलापमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।

सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाएको प्रहरीले बताएको छ ।  

प्रकाशित: २६ असार २०८१ १४:५५ बुधबार

#sexual activity #Human Trafficking Investigation Bureau #Sindhuli Hotel Dhindo Service and Guest House #Madhyapur Thimi Municipality-1 Manohara-Jadibuti