कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ तालको पानी बस्तीमा पस्दा फासेको एक परिवारको सकुशल उद्धार भएको छ।
गुल्मी घर भई पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारीको परिवारका चार जनालाई बुधबार सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो।
रामबहादुरसहित उनका परिवारका ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीलाई उद्धार गरिएको हो।
वर्षाको कारण पानीको सतह बढेर अधिकारीको घरमा पस्दा चारैजना त्यहाँ फसेका थिए। घटनाबारे जानकारी पाएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको टोलीले चारैजनालाई उद्धार गरेको जनाएको छ।
प्रकाशित: २६ असार २०८१ १२:२६ बुधबार