२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

रोटरी पत्रकारिता पुरस्कारद्वारा सात पत्रकार सम्मानित

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा सात जना पत्रकार पुरस्कृत भएका छन्। शनिबार आयोजित एक कार्यक्रमबीच सात विधामा सात जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो।

स्वतन्त्र लेखनीतर्फ रामु सापकोटा, आर्थिक तथा सामुदायिक विकासतर्फ अमर सुनार, खानेपानी तथा सरसफाइतर्फ तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्यतर्फ वसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरतातर्फ विद्या राई, रोग तथा उपचारतर्फ स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापनतर्फ टंक पन्त पुरस्कृत भएका हुन्।

पुरस्कृत पत्रकारलाई सम्मानपत्रका साथै ५१ हजार रूपैयाँ प्रदान गरिएको छ। रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजू र पत्रकारिता अवार्ड समितिका निमित्त अध्यक्ष नम्रता शर्माले उनीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए।

लाइफटाइम अचिभमेन्ट अवार्ड भने वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको छ। एक लाख एक हजार रूपैयाँ राशिको सो पुरस्कार पत्रकारिता क्षेत्रमा व्यावसायिक जीवन बिताएका एक जनालाई लाइफटाइम अचिभमेन्ट अवाडको रूपमा प्रदान गरिन्छ।

सो पुरस्कार यसै वर्षदेखि अवार्ड सुरु गरिएको हो । सुरेश आचार्यद्वारा स्थापित अवार्ड उनका बुबा यज्ञप्रसाद आचार्यको स्मृतिमा स्थापना गरिएको संस्थाले जनाएको छ।

प्रकाशित: १६ असार २०८१ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App