२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नेपालमा बोलिने सबै भाषा, साहित्य,संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: मन्त्री तामाङ

फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा,साहित्य, संस्कृति र सामाजिक शास्त्र दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार काठमाडौंमा ललितकला प्रज्ञा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले अहिले विश्वव्यापी रुपमा देखा परेको आर्थिक सङ्कटबाट नेपाल पनि प्रभावित रहेको धारणा व्यक्त गरे।

उनले आर्थिक सङ्कटका कारण चाहना हुँदाहुँदै पनि सरकारका तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्न कठिन भइरहेको उल्लेख गरे। मन्त्री तामाङले नेपाल प्रज्ञा प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति, दर्शनको विकासका लागि नेपाल सरकारको तर्फबाट गर्न सक्ने अधिकतम सहयोग गर्न बजेटको व्यवस्था गर्ने प्रयास गरिएको बताए।

प्रज्ञा प्रतिष्ठानको तर्फबाट सरकार समक्ष नयाँ र सिर्जनात्मक प्रस्ताव नआएका कारण नेपाल प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपालको मौखिक इतिहासको खाेजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र संवर्द्धनमा जोड दिने, बाल साहित्यको विकास गर्ने काम भइरहेको प्रति खुसी प्रकट गरे।

मन्त्री तामाङले सात वटै प्रदेशको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, भाषिक, साहित्यिक विषयको खोज, अन्वेषण गरी दिग्दर्शन प्रकाशनका लागि सरकारको तर्फबाट पूर्ण समर्थन रहने बताए। 

प्रकाशित: ९ असार २०८१ १२:३० आइतबार

#Minister of Culture Tourism and Civil Aviation Hit Bahadur Tamang #Institute of Fine Arts Pragya