२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी सडकमा

क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्।

आइतबार कलंकीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरुको नवीकरण गर्ने कार्यलाई बेवास्ता गरेको भन्दै चरणबद्ध सडक आन्दोलनको घोषणा गरेका हो।

महासंघले गत जेठ २३ गते पत्रकार सम्मेलनमार्फत सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नवीकरणको लागि अल्टिमेटम दिएको थियो।

अल्टिमेटमा अनुसार सरकारले कुनैपनि मागको सुनुवाइ नगरेकाले सडक आन्दोलन गर्न बाध्य भएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए।

उनले विगत १० वर्षदेखि क्रसर उद्योगहरु नवीकरण नहुँदा क्रसर व्यवसायबाट पलायन हुनुपर्ने अवस्थाको सिर्जना भएको भन्दै पटक–पटक सरकारसँग नवीकरण गर्न माग गर्दा समेत बेवास्ता गरेको आरोप लगाए।

सरकारले व्यवसायीहरुको माग सम्बोधन गरेको खण्डमा विधिगत रुपमा काम गर्न तयार रहेको उनको भनाइ थियो।

उनले क्रसर उद्योगीहरुको समस्यालाई सरकारले तत्काल अध्ययन गरेर हल गर्न माग गरेका छन्। अध्यक्ष न्यौपानेले सरकारले क्रसर उद्योगीहरुको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए।

क्रसर उद्योग नवीकरण नहुँदा उद्योगी मात्रै नभई उद्योगमा काम गर्ने श्रमिकहरुको समेत चुलो बाल्न नसक्ने अवस्थाको सिर्जना भएको बताउँदै उनले कानूनसम्मत रुपमा दर्ता भएका र अव्यवहारिक मापदण्डका कारण नवीकरण नभएका उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नवीकरण गरेर सञ्चालन गर्ने निर्देशन सरकारले गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २ असार २०८१ १७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App