१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौं विश्वको सबैभन्दा धेरै प्रदूषित दश सहरको सूचीमा

फाइल तस्बिर

काठमाडौँ‌ अझैँपनि विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरहरूको सूचीमा कायमै रहेको छ। प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय सङ्गठन आईक्यू एयरका अनुसार काठमाडौं विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरमा अझै कायमै छ।

शुक्रवार दिउँसो १ बजे काठमाडौंको वायु प्रदूषणे स्तर १०७ मापन गरिएको छ। उक्त अङ्कसहित काठमाडौं विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दशौँ स्थानमा रहेको छ।

१०७ स्तर अर्थात् काठमाडौंको प्रदूषण अस्वस्थकर मानिएको छ।

केही दिनदेखि काठमाडौंमा पानी पर्ने क्रम चलिरहेको र हुरीबतासका कारण पनि प्रदूषण्को स्तर घटेको देखिन्छ। तर, अझै प्रदूषण पूर्ण रुपले सफा हुन समय लाग्ने देखिएको छ।

यस्तै विश्वको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये डेमोक्रेटिक रिपब्लिकाको किन्सासा पहिलो स्थानमा रहेको छ। किन्सासाको वायु प्रदूषणको स्तर १८७ मापन गरिएको छ भने इन्डोनेशियाको जाकार्ता दोस्रो स्थानमा रहेको छ। जाकार्ताको वायु प्रदूषण १६२ मापन गरिएको छ।

पाकिस्तानको लाहोर १५९ अङ्कसहित विश्वको तेस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ भने चीनको वुहान १५६ अङ्कसहित विश्वको चौथो सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। संयुक्त अबर इमिरेट्सको दुबई १५२ अङ्कसहित विश्वको पाँचौ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ भने भारतको राजधानी दिल्ली १५१ अङ्कसहित विश्वको छैटौँ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। 

युगान्डाको कम्पाला १४३ अङ्कसहित विश्वको सातौँ सबैभन्दा धेरै प्रदूषित सरह बनेको छ भने इराकको बगदाद ११७ अङ्कसहित विश्वको आठौँ र भारतको कोलकोत्ता ११४ अङ्कसहित विश्वको नवौँ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ।

प्रकाशित: १८ जेष्ठ २०८१ १३:२६ शुक्रबार

#kathamandu #pollution #IQ_Air