४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मानव जातिकै कल्याणका लागि बुद्ध दर्शन

विश्वभर बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै गएको तथा त्यो सर्वदा रहने बौद्ध विद्वान्हरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागले २५६८औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमाका अवसरमा सोमबार आयोजना गरेको ‘कार्यक्रमका वक्ताले बुद्ध दर्शनको सान्दर्भिकता नेपालसहित विश्वभर बढ्दै गएको तथा त्यो सर्वदा रहने बताएका हुन्।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईले बुद्धका उपदेश कार्यान्वयन हुन सकेमा समग्र मानव जातिको कल्याण हुने बताए।

उनले बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै गइरहेकाले मानवका असीमित चाहना नै दुःखको प्रमुख रहेको बताए। गौतमबुद्धको दर्शन, उपदेश र जीवन विज्ञानका बारेमा प्राज्ञिक निकायले थप अनुसन्धान  गर्नुपर्ने उनले बताए।

गुम्बा विकास समितिका अध्यक्ष थुप्तेन जिग्डोलले बौद्ध अध्ययन जीवन जिउने कला भएकाले मनको शान्तिका लागि बुद्धका उपदेश उपयोगी हुने बताए।

त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख डा. चन्द्रकला घिमिरेले बौद्ध अध्ययन केन्द्रीय विभागलाई समयानुकूल रुपान्तरण गर्दै बौद्ध अध्ययनलाई प्रचार–प्रसार गर्दै अनुसन्धानका गतिविधिमा केन्द्रित गरिएको बताए।

बुद्ध प्रकाश फाउनडेसनका सदस्य खेन्पो पेमा ओजेर, त्रिविका स्वतन्त्र विद्यार्थी युनियनका सभापति श्यामराज ओझा र त्रिवि कर्मचारी संघ विश्वविद्यालय क्याम्पसका सभापति अनन्त पौडेललगायत वक्ताले बुद्ध जन्मिएको देश नेपालको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न आवश्यक भएको बताए। सोही अवसरमा त्रिवि बौद्ध अध्ययन केन्द्रीय विभागबाट प्रकाशित जर्नलको विमोचन गरिएको थियो। –रासस

प्रकाशित: ८ जेष्ठ २०८१ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App