१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बबईमा नदीमा डुबेर दाजुभाइको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर  दाजुभाइको मृत्यु भएको छ। बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो।

भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो। मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए।

प्रकाशित: २ जेष्ठ २०८१ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App