२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नाबालिगलाई भगाएको विषयमा प्रदर्शन, ९ राउन्ड अश्रुग्याँस प्रहार

फाइल तस्बिर

नाबालिगलाई भगाएर लगेकाे विषयमा विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त भएको छ। तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म ९ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपीका रन्जन अवाकाअनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना नाबालिगलाई भगाएर लगेका थिए। ती दुई जोडी अहिलेसम्म पनि नआएपछि छोरी पक्षकाले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका हुन्।

‘प्रदर्शन नियन्त्रण गर्न गएको प्रहरीको ठुलो गाडीमा प्रदर्शनकारीले ढुङ्गा हानेर सिसा फुटाई दिए पछिको स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको हो। स्थिति नियन्त्रणमा आइसेको छ’, धनुषाका प्रहरी प्रवक्ता डिएसपी रन्जन अवाले नागरिकसँग भने। प्रहरीले आफ्ना नाबालिग छोरीहरू खोज्न कुनै पहल नगरको र केटा पक्षले पनि छोरीहरू खोजी नगरको आक्रोशमा प्रदर्शन भएको हो।

दुई जना नाबालिगलाई हंसपुर नगरपालिका–४ का शाजिद नदाफ र मोफिद नदाफले गत वैशाख ४ भगाएर लगेका हुन। यसपछि प्रहरीले शाजिद नदाफको बुवा आमा, मोफिद नदाफका काका र युवतीहरु भगाउन सहयोग गर्ने दुई जनासहित ५ जना पक्राउ गरेको छ। 

केटी पक्षकाले केटा पक्षकालाई अपहरण र शरीर बन्धकमा मुद्दा चलाउन प्रहरीलाई दबाब दिइरहेका छन्। तर प्रहरीले अभद्र व्यवहारको  मुद्दा चलाएको केटी पक्षको आरोप छ। मोफिद नदाफका बुवा विदेशमा रहेको र आमा फरार रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ। ती दुई जोडी अहिले पनि सम्पर्कमा छैनन्।

प्रकाशित: १३ वैशाख २०८१ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App