१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

भारतमा आगो सल्काउँदा नेपालमा घर जल्यो

भारतमा एक महिलाले गहुँको खुटीमा आगो सल्काउँदा आगोको झिल्का नेपालको पर्सासम्म आइपुग्दा यहाँका पाँच घर जलेर नष्ट भएको छ।

भारतको बिहारमैनाटाड नजिकै रहेको वसन्तपुर सेख टोल बस्ने ती भारतीय महिलाले सल्काएकाे आगाेकाे झिल्का उछिट्टिएर हावाले सीमावर्ती क्षेत्र पर्साको छिपहरमाई गाउँपालिका-१ भलुवहिया स्थित बस्तीसम्म ल्याइपुर्‍याउँदा यहाँकाे बस्तीमा नै क्षति पुगेकाे हाे।

प्रहरीका अनुसार आगोले स्थानीयको पाँच घरका साथै कुखुरा फार्म र अन्दाजी १० बिघा बराबरको गहुँ जेलर नष्ट भएको छ।

स्थानीय बलुवहिया निवासी किसून देव पासवान ,मुकेश पासवान, रूपा पासवान, सन्तोष पासवान, लखन पासवानको घर जेलर नष्ट भएको हो। यस्तै मनमोद प्रसाद यादवको कुखुरा फार्ममा आगो सल्किएको हो।

आगोले उनीहरुको घरायसी सबै सामाग्री जलेर खरानी भएको छ। सो आगो पोखरिया नगरपालिकाको दमकल, वीरगन्जबाट पुगेको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: ८ वैशाख २०८१ २०:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App