१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ।

शुक्रबार दिउँसो करिब २ बजेतिर विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जानकारी दिए।

उनका अनुसार सुन भारतीय महिला सहिना पर्विनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर राखेकी बताइएको छ।  

पर्विनलाई पक्राउ गरेर थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ७ वैशाख २०८१ १५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App