१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

सवारी ज्यान मुद्दाका फरार व्यक्ति पक्राउ

सवारी ज्यान मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ।  बाँसगढी नगरपालिका–२ बेलवा बस्ने ५० वर्षिय बुद्धिराम बुढाथोकीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।  

बाँके जिल्ला अदालतले २०७० साल जेठ ९ गते सवारी ज्यान मुद्दामा १ महिना ८ दिन कैद सजाय सुनाएको थियो। कैद सजाय पाएका बुढाथोकी सोही दिनदेखि फरार रहेका थिए।  

प्रहरीले खोजतलास गर्ने क्रममा आफ्नै घर वतनमा लुकिछिपी बसेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरेको छ। प्रहरीले बुढाथोकीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा उपस्थित गराउने प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए।

प्रकाशित: ११ चैत्र २०८० १७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App