१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

रुसी सेनाबाट फर्किएका सुमन भन्छन्: नेपालीलाई सिधै युद्धमा लान्छ, ५ सय बढी मरिसके

रुसी सेनाबाट भागेर नेपाल फर्किएका खोटाङका सुमन राईले नेपालीहरुलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताएका छन्।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनमा उनले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरु बाँच्ने अवसर शुन्य बराबर हुने बताए। उनले रुसी सेनाले नेपालीहरुलाई सबैभन्द्या अगाडि लगाइ युद्ध गराउने गरेको बताए।

युक्रेनीहरु क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियालीरहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने, रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपाली मरिरहेको बताए।

उनले भने, ‘हामी नेपालीहरु सिधै फिल्डमा नै जाने हो। उनीहरु हामीलाई ताकेर नै बसेका हुन्छन्। हामी बाँच्नै चान्स त कम नै हुन्छ। बाँच्नै चान्स नै छैन। बाँच्नु भनेको जिरो प्रतिशत हो । हामी मैदानमा फिल्डमा जाने हो। युक्रेनीहरु सिधै क्याम्पतिर बसेको हुन्छ । उनीहरुले हामीलाई नापी नापी हानेको हुन्छ। हामी नेपालीहरु धेरै मरिरहेको हुन्छ। उनीहरुले सार्वजनिक गरेको छैन। ४ देखि ५ सय भन्दा बढी नेपालीहरु मरिसकेका छन्।’

उनका अनुसार अहिलेसम्म सार्वजनिक नभएको भएपनि ५ सय भन्दा बढी नेपालीहरुले ज्यान गुमाइसकेका छन्। त्यस्तै रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तहरुलै छिटो भन्दा छिटो उनीहरुलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे। रुसी सेनामा भर्ती भएका नेपालीहरु धेरै नै समस्यामा रहेको बताए। उनीहरुले पैसाकै लोभमा गएको भएपनि उनीहरुलाई सरकारले स्वदेश फिर्ता ल्याउने पहल गरिदिनुपर्ने बताए।

प्रकाशित: १९ माघ २०८० १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App