५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रुख ढलेर किच्दा एक महिलाको मृत्यु

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट फुलबारीमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ।

सोमबार मान बहादुर भण्डारीको घरमा टुनिको दाउरा काट्न गएका मौवाफाँटका नबिन गर्बुजाकी श्रीमती ४८ की माया गर्बुजा रुखले लागेर ज्यान गएको हो। 

रुखमा मेसिनको सहायताले रुख काट्दै गरेका श्रीमानलाई बाटोमा बसेर हरिरहेका अवस्थामा रुख ढलेपछि भाग्ने क्रममा मायाँ गर्बुजाको टाउकोमा चोट लागेपछि बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका थिए।

अन्य व्यक्ति सडकभन्दा केही पर बसिरहेको अवस्थामा थप मानवीय क्षतिबाट जोगिएको प्रहरी निरीक्षक कुमार गुरुङले बताए। घटना लगत्तै प्रहरी चौकीबाट गएको टोली घटनास्थल पुगेर मुचुल्का गरेका थिए। मृतकको शव पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ। म्याग्दीमा रुख काट्ने क्रममा सहरी तथा ग्रामीण क्षेत्रमा समेत ज्यान गुमाउने गरेका छन्। 

प्रकाशित: १६ माघ २०८० ०७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App