४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ललितपुरमा मृत फेला जर्मन महिला काभ्रेमा चलाउँथिन आत्मयोग रिसाेर्ट

ललितपुरको ग्रिनतारा हेरिटेज एन्ड अपार्टमेन्टको कोठाभित्र मृत फेलो परेकी जर्मन नागरिकले काभ्रेमा आत्मयोग रिसाेर्ट सञ्चालन गरेको पाइएको छ।

दुई वर्षदेखि नेपालमा बस्दै आएकी ५७ वर्षीया एडिइएलएचइडी डोरा स्नेमेकन बर्गरले काभ्रेमा आत्मयोग रिसाेर्ट सञ्चालन गरेको पाइएको हो।

मृतक बर्गरको टाउकामा चोट लागेको पाइएको ललितपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक९एसपी० नवराज कार्कीले जानकारी दिए। ‘टाउकामा चोट लागेको देखिन्छ। अहिले फरेन्सिक चिकित्सकको टोलीबाट अध्ययन भइरहेको छ,’ उनले भने, ‘मृत्युको कारण प्रस्ट खुलिसकेको छैन।’ प्रहरीका अनुसार उक्त अपार्टमेन्टमा मृतकले नेपाल आए लगत्तै अपार्टमेन्ट लिएको बसेको देखिएको छ।

यसबाहेक मृतकले काभ्रेको नमोबुद्धमा  विशुद्ध आत्मयोग रिसाेर्टकी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।  ‘त्यहाँबाट कहिलेकाहीँ ललितपुर आएर बस्ने गरेको देखिन्छ,’ एसपी कार्कीले भने।

मृतक बर्गर मिर्गौलाको रोगी पनि देखिएको प्रहरीले जनाएको छ। उनी नियमित डायलासिस पनि गर्दै आएकी थिइन।

प्रकाशित: १५ माघ २०८० ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App