२ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलनमा ९४ कार्यपत्र प्रस्तुत

काठमाडौं – ‘हालको व्यवस्थापन क्षेत्रमा प्रगति स् चुनौती, पहलहरु र अगाडि बढ्ने बाटो’ भन्ने विषयमा दुईदिने अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सकिएको छ।

मंगलबार सुरु भई दुई दिनसम्म चलेको सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा।चिरञ्जीवी नेपालले मानव श्रम साधन विकास तथा दक्ष जनशक्ति विकासका लागि सम्मेलनले उल्लेख्य भुमिका खेल्ने बताए। 

त्यसैगरी उद्घाटन सत्रमा बाल्दै सम्मेलनका मुख्य वक्ता लुजवियाना विश्वविद्यालय स्लोभियानाका प्रोफेसर डा. राडो बोजोनिकले विश्व बजारमा श्रमिकलाई बढावा दिनका लागि अबको व्यवस्थापन शिक्षाले उल्लेख्य भुमिका खेल्नुपर्ने बताए। 

बुधबारसम्म चलेको उक्त सम्मेलनमा ९४ वटा कार्यपत्रहरु समावेश रहेको जसमा १९८ प्रस्तोता रहेका थिए।  सम्मेलनमा भारत, बङ्गलादेश, स्लोभेनिया र नेपालका व्यवस्थापन संकायका विद्यार्थी, शिक्षक, र प्रोफेसर गरी करिब ६ सय जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा उत्कल विश्वविद्यालय, एफआईआई बी नयाँदिल्ली, चित्तागाउँ विश्वविद्यालय बङ्गलादेश, मेवार विश्वविद्यालय राजस्थान, पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयका प्रोफेसरहरुको सहभागिता रहेको थियो। 

उक्त सम्मेलनमा मुलभुत रुपमा ६ वटा विषयवस्तु (आधुनिक बैंकिङको समस्या र चुनौती, मानव स्रोत व्यवस्थापन, संस्थामा गरिने व्यवहार ( सि।एस।आर।, बजारीकरणमा समस्या र चुनौती, व्यवस्थापन शिक्षामा चुनौती र अवसरहरु, वित्त व्यवस्थापनका समस्या र चुनौती, व्यवस्थापन क्षेत्रका समसामयिक विषय)मा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो। 

त्यसैगरी कार्यक्रममा ‘नेपालको आर्थिक सम्बन्ध विशेषगरी छिमेकी मुलुकमा कस्तो हुनुपर्छ’ भन्ने छलफल आयोजना गरिएको थियो। डा।भेखबहादुर थापा, पूर्व राजदत भारत, अमेरिका, टंक प्रसाद कार्की, पूर्व राजदूत चीन र डा।तिलक रावल, पूर्व गभर्नरले यस विषयमा आफ्नो धारण राखेका थिए। 

कार्यक्रममा प्रस्तुत भएका कार्यपत्रहरु कलेजको आगामी जर्नलमा प्रकाशित हुने सम्मेलनका सभापति प्रो. डा. राधेश्याम प्रधानले जानकारी दिए। नेपालको चिनारी हुनेगरी विभिन्न सांस्कृतिक कार्यक्रम गरी सम्मेलनको समापन गरिएको छ। 

प्रकाशित: २३ फाल्गुन २०७४ १५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App