७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

९ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार, अवस्था चिन्ताजनक

वीरगन्ज – पर्साको पटेर्वासुगौली गाउँपालिकामा  ९ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन्। गाउँको उखु बारीमा स्थानीय युवाहरुको एउटा समूहले बाख्रा चराउन निस्केकी ति बालिकालाई बलात्कार गरेका थिए। घट्नामा संलग्न भएको भन्दैै प्रहरीले स्थानीय ३ जनालाई नियन्त्रणमा लिएको छ।

‘घट्नाको जानकारी आएपछि हामीले ८ जनालाई नियन्त्रणमा लिएका छौं, अनुसन्धान गर्दै जाँदा ३ जना संलग्न देखिएपछि उनीहरुलाई हामीले हिरासतमा राखेका छौं,’ पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले भने, ‘निकै दुख लाग्दो र गम्भीर अपराधिक घट्ना हो यो, ३ जनाले कलिली बालिकामाथी बलात्कार गरेपछि उनी गम्भीर अवस्थामा पुगेकी छिन्।

प्रहरीका अनुसार बुधबार घरबाट बाख्रा चराउन निस्किएकी बालिका बेलुकासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजतलास गर्न सुरु गरेका थिए। निकै खोजी गर्दा वडा नंं ५ निचुटनाको पोखरी नजिकै खेतमा मुर्छित अवस्थामा उनी फेला परेकी थिइन। अचेत फेला परेकी बालिकालाई आफन्तले बीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याएपछि उनी माथी बलात्कार भएको चिकित्सकहरुले प्रमाणित गरेका थिए। बालिकाको अवस्थामा चिन्ताजनक रहेको र सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: १७ फाल्गुन २०७४ १०:०८ बिहीबार

वर्षीया बालिका सामूहिक बलात्कारको सिकार अवस्था चिन्ताजनक