२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

हराउँदै होलीको मौलिकता

लहान सिटी जेसिजले आयोजना गरेको होली मिलन कार्यक्रममा अबीर लगाएर होलीको शुभकामना साटासाट गर्दै प्रदेश २ का सांसद लगनलाल चौधरी। तस्विर/नागरिक

लहान – मधेसमा सद्भावको प्रतीकका रुपमा मनाइने होली पर्वको मौलिक रौनक हराउन थालेकोप्रती समाजका अगुवाहरुले चिन्ता ब्याक्त गरेका छन्। मिथिलाको लोक संस्कृतिसँग जोडिएको होली पर्वको मौलिक गीत र शैली गुम्दै गएको लहान सिटी जेसिजले आयोजना गरेको होली मिलन कार्यक्रमका वक्ताहरुले उल्लेख गरे।

होलीको मौलिक शैली भत्काउँदै युवा पुस्ता आधुनीक शैली भित्र्याउन थालेकोप्रती संस्कृती संरक्षकहरुले चाँसो व्यतm गरेका छन्। लहान सिटी जेसिजको होली मिलन कार्याक्रममा मन्तब्य राख्दै प्रदेश २ का सांसद लगनलाल चौधरीले होलीको मौलिक शैली मिथिला संस्कृतिको धरोहर भएको बताए। पछिल्लो समय मौलिक शैलीमाथी आधुनिकताले अतिक्रमण गर्ने क्रम बढेकोको प्रती चिन्ता व्यतm गर्दै उनले भने,‘हामी सबै मिलेर संस्कृतिक धरोहरको रक्षा गर्नुपर्छ।’

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँटोल, छिमेकमा गाइने माधुर्यता र प्रेमभावपूर्ण होली गीत गाउने चलन पछिल्लो समय हराउँदै गएको छ। मिथिलाको आँगनमा जेष्ठ नागरिक र युवासँगै मिलेर गाउने होलीका गीत बिगत वर्षैपिच्छे  क्रमिक रुपमा कमी आएको निजि तथा आवासीय विद्यालय संगठन(प्याबसन) का प्रदेश २ संयोजक मुरारी प्रसाद साहले बताए। फागु गीत जोगिरा गाउँदा होली पर्व सुरु भएको अनुभूती हुन्थ्यो उनले भने,‘ बेलुकाको खाना खाएर आपसी दुःख सुख बाँड्दै गाउने होलीका गीतले गाउँ समाज गुलजार हुन्थ्यो। ‘पहिलेपहिले फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म गाउने गरिन्थ्यो’, लहानका बुद्धिजीवी राकेश झाले थपे।

होलीको मौलिक गीतमा कामोत्सवको मर्म, धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, संस्कृतिको प्रभाव, परम्पराको आधार, प्रेम सद्भाव तथा उन्मुक्ति लुकेको हुन्थ्यो। तर, आधुनिकताको प्रवेशसँगै उच्छृंखल गीतले बजार पाईरहेको लहान सिटी जेसिजका अध्यक्ष उमेश चौधरीले बताए। माधुर्यता र प्रेमभाव मिसिएको होली गीत पछिल्लो समय विरलै सुन्न पाइने गरेको उनको भनाई छ।

‘जोगिरा सर...र...र... कौन तालपर ढोलक बाजे, कौन ताल मृदंग....कौन तालपर गोरिया नाचे, कौन तालपर हम’ गीत नै सुन्न सकिन्छ न त मृदंग, ढोल, डम्फाको स्वर नै सुनिन्छ, चौधरीले भने। सांस्कृतिक एवं ऐतिहासिक पर्व फागुले होलीको पौराणिकता, दिनहुँ जसो हुने झै–झगडा, रागका कारण होली गीत गाउनै छाडिसकिएको छ।

‘पहिले पहिले बूढापाकाहरु रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याली, मृदंग, ढोल, डम्फा लिएर समूहगत रुपमा होली गीत गाउँदै होली लागेको सन्देश सञ्चार गथ्र्यो’, समाजिक अभियन्ता अशोक अमात्यले भने, ‘तर, अब त्यो समय हराएको छ।’

असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा मनाउने यो पर्व पछिल्लो समय उच्छृंखल बन्दै गएपछि  प्रहरीको सक्रियता पनि बढाईन्छ। लहानका प्रहरी उपरिक्ष गणेश चन्दले नगरवासिलाई सद्भावपूर्वक पर्व मनाउन आग्रह गरेका छौं। उच्छृंखलता प्रदर्शन गर्नेलाई नियन्त्रण गर्न नगरक्षेत्रभित्र प्रहरीको तायनाथी चुस्त पारिएको छ।
 

प्रकाशित: १७ फाल्गुन २०७४ ०७:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App