२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

मोरङ – मोरङको केराबारी गाउँपालिका–८ स्थित केराबारी–खोर्साने सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार १ युवकको मंगलबार राति मृत्यु भएको छ।

केराबारीबाट खोर्सानेतर्फ आउँदै गरेको को १५ प १०९० नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ त २००५ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–४ बस्ने २९ वर्षीय किशोर खवासको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका खवासको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २१ वर्षीय विनोद चौधरी र पछाडी सवार २५ वर्षीय ललित चौधरी घाइते भएका छन्।

उनीहरुको धरानमै उपचार भइरहेको छ। ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायब निरीक्षक मणिकुमार कोइरालाले जानकारी दिए।  (रासस)

प्रकाशित: १६ फाल्गुन २०७४ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App