२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

त्रिशुलीमा 'सवारी साधन' खस्यो, प्रहरी घटनास्थलमा

नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल नजिकबाट त्रिशुली नदीमा 'सवारी साधन' खसेको छ। तर, कुन सवारी साधन खसेको भन्ने अझै पुष्टि भएको छैन। जिल्ला प्रहरी कर्यालय चितवनका अनुसार त्रिशूलीको पनि मुनि सवारी साधन देखिँदै छ।

'पानी मुनि सवारी साधनको उज्यालो देखिएको छ। बस, ट्रक वा कुन सवारी साधन हो भन्ने पुष्टि भएको छैन', जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले भने, 'हाम्रो प्रहरीको टीम, सशस्त्रको गोताखोर टीम घटना स्थल तर्फ जाँदै छ।' 

उनले थप विवरण केही समय पछि आउने बताए। तर बस रहेको आशंका गरिएको छ।

प्रकाशित: २ माघ २०८० ०१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App