५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

तीनकुने स्थीत बागमती पुलमा शंकास्पद बस्तु भेटिएपछि यातायात प्रभावित

शंकास्पद बस्तु भेटिएपछि जम्मा भएको भिड। तस्बिर: विजय गजमेर

काठमाडौं- काठमाडौंको तीनकुने नजिकै बागमती पुलमा शंकास्पद बस्तु भेटीएको छ। महानगरीय प्रहरी वृत्त अगाडिको सडकमा भेटिएको बस्तु बम भएको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले चेकजाँच गरेको थियो। सेनाको चेक पछि बम नभएको पुष्टि भएको छ।

वृत्तका प्रहरी डिएसपी रवि पौडेलले उक्ता शंकास्पद बस्तु बम नभएको सेनाले पुष्टि गरेको बताए।  शंकास्पद बस्तु भेटिएपछि सो क्षेत्रको यातायात प्रभावित भएको थियो। आज विप्लव माओवादीले आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेपाल बन्दको आयोजना गरेको थियो।

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App