१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

फाइल तस्बिर

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले उनलाई काठमाडौं नजिकबाट पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रवक्ता एसपी नवराज अधिकारीले ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ गरेको नागरिक न्यूजलाई जानकारी दिए।

लामो समयदेखि प्रहरीको नजरमा लुक्दै आएका तपस्वीलाई प्रहरीले आज पक्राउ गरेको हो।

बम्जनलाई  हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको घटनामा प्रहरीले उनको खोजी सुरु गरेको थियो। प्रहरीको नजरमा उनी २०७६ सालदेखि नै फरार रहेका थिए।

आफ्नै अनुयायीलाई यौनशोषण गरेको आरोप लागेपछि २०७७ साल माघमा  जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली उनको आश्रममा पक्राउ गर्न पुगेको थियो। बारा जिल्लाको निजगढ नगरपालिका–१२ ठेगाना भएका तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतको आदेशअनुसार पक्राउ गर्न त्यतिबेला सिन्धुलीस्थित आश्रममा पुग्दा फेला परेका थिएनन।

प्रहरीले त्यतिबेला सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेस्थित बोधी–श्रवण धर्म संघ मैत्री सेन्ट्रल अफिसमा पुगेर दिनभर खोजतलास गरेको थियो। बम्जनविरुद्ध यौनहिंसाको जाहेरी परेकाले खोजी भइरहेको प्रहरीले जनाएको थियो। ‘लामो समयदेखि फरार थिए आज फेला परेका छन’, सिआइबीका प्रवक्ता एसपी अधिकारीले भने। त्यतिबेला बम्जनको आश्रमबाट उनका मुख्य सहयोगी मानिने लोप्चन गुरुमार्ग गुरु भनेर चिनिने ज्ञानबहादुर बम्जनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।

२०६८ असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका–७ स्थित सामुदायिक वनमा अस्थायी आश्रमका रूपमा बस्न बम्जन सिन्धुली पुगेका थिए। तर सिन्धुलीमा तीन महिनामात्रै बसेर सर्लाहीको पथरकोट गएका बम्जन पुनः २०७४ असोजदेखि सिन्धुलीमै आश्रम बनाएर बसेका थिए।  

विभिन्न जिल्लाका आश्रमबाट सञ्चलाल वाइबा, फूलमाया रुम्बा, कर्मा वाइबालगायत अनुयायी बेपत्ता पारेको तथा आश्रमभित्र आनी भनेर चिनिने एक युवतीमाथि यौन दुव्र्यवहार भएको आरोप बम्जनमाथि लागेपछि प्रहरीले चार वर्षदेखि खोजि गरिहेको थियो।  

प्रकाशित: २४ पुस २०८० १३:१८ मंगलबार

‘तपस्वी’ रामबहादुर बम्जन रामबहादुर बम्जन पक्राउ