२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सेना दिवस मनाउन भारतीय सेना प्रमुख नेपाल आउँदै

काठमाडौँ – नेपाली सेना दिवसमा सहभागी हुन भारतीय स्थल सेना प्रमुख विपिन राउत नेपाल आउने भएका छन्। महाशिवरात्रीका दिन मनाइने नेपाली सेना दिवस मनाउन राउत सोमबार नेपाल आउन लागेका हुन्। 

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रीका दिन सेना दिवस मनाउँदै आएको छ । नेपाल एकीकरण भएको सम्झनामा सेनाले मनाउँदै आएको सेना दिवसमा भारतीय सेना प्रमुखको यो पहिलो सहभागिता हो। 

सेना दिवसको अवसरमा सेनाले विभिन्न कार्यक्रम तथा प्रदर्शनीहरूको आयोजना गरिरहेको छ । 

प्रकाशित: २९ माघ २०७४ ०३:३८ सोमबार

सेना दिवस मनाउन भारतीय सेना प्रमुख नेपाल आउँदै