मौसम पूर्वानुमान महाशाखाले नेपालमा सोमबार कुनै पनि मौसम प्रणाली सक्रिय नभएको जनाएको छ । ‘हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन’, महाशाखाले भनेको छ।
तराईका केही भू–भागमा भने हुस्सु, कुहिरो लाग्ने जनाइएको छ।
यसैगरी सोमबार कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ। तराईका थोरै भूभागमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ।
२०८० पुस ०९ गते (सोमबार)
दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती ः कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०८० पुस १० गते (मङ्गलवार)
दिउँसो: कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती ः सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०८० पुस ११ गते (बुधवार)
दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती ः कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाले तापक्रम भने देशभर घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन सबैमा अनुरोध गरको छ।
प्रकाशित: ९ पुस २०८० ००:५५ सोमबार