२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

ढुंगाले च्यापेर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बैतडी – ढुंगाले च्यापेर बैतडीको सुर्नया गाउँपालिकामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्। 

मृत्यु हुने सुर्नया गाउँपालिका–४ नेडालेक बस्ने रामसिंह महराकी ३३ वर्षीया श्रीमती राजु महरा रहेको वडा सदस्य हरिसिंह महराले जानकारी दिए। 

घर नजिकै रहेको ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा माथिबाट एक्कासि आएको ढुंगाले लाग्दा सोमबार बेलुका राजुको घटनास्थलमै मृत्यु भएको हो भने राजुका श्रीमान् घाइते भएका छन्। 

सोमबार बेलुका ५ बजेतिर ढुंगाले च्यापिएकी राजुको शव राति ८ बजेमात्रै स्थानीयको सहयोगमा निकालिएको हो । महरा दम्पती सोमबार घर निर्माणका लागि ढुंगा निकालिरहेका बताइएको छ।  (रासस)

प्रकाशित: १६ माघ २०७४ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App