१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

टेन्डर भए पनि हजारका नोट किन छापिएन ?

सुरक्षा धागोसहितको एक हजारको नोट छाप्ने टेन्डर पाएको भारतीय कम्पनीले अहिलेसम्म नोट उपलब्ध गराउन सकेको छैन।

नेपाल राष्ट्र बैङ्कले भारतको सेकुरिटि प्रिन्टिङ एन्ड प्रिटिङ कर्पोरेसन आफ इन्डिया लिमिटेडलाई सन् २०२२ नेवेम्बरमा ४३ करोड थान एक हजारको नोट छपाएका लागि स्वीकृति दिएको थियो। कुल एक करोड ११ लाख ३४ हजार ५ सय ६ अमेरिका डलर अर्थात् एक अर्ब ४७ करोड ७७ लाख २५ हजार ९ सय ८४ नेपाली रुपियाँमामा छाप्ने अनुमति लिएको उक्त कम्पनीले हालसम्म सम्झौता अनुसारको एक थान पनि नोट बुझाउन नसकेको हो।

सस्तो मूल्यमा छाप्ने स्वीकृति पाएको उक्त कम्पनीले नमुनाका लागि छापेर ल्याएको नोटको गुणस्तर कमसल भएपछि छाप्न समय लागेको स्रोतले बतायो। ‘उक्त भारतीय कम्पनीले प्रति थान नोट छपाईकन मूल्य नेपाली ३ रुपियाँ ४२ पैसामा छाप्ने टेन्डर हात पार्‍यो  तर नोट छापेर नमुनाका लागि ल्याउँदा कमसल भएपछि समस्या आयो,’ स्रोतले भन्यो ‘हाल उक्त भारतीय कम्पनीको प्रतिनिधिहरू नेपालमा छलफलका लागि आएका छन्।’ स्रोतका अनुसार सम्झौता अनुसार पहिलो लट २ सय ७० दिनभित्र नोट छापेर बुझाउनु पर्नेमा हालसम्म एक थान पनि बुझाउन सकेको छैन। यसले गर्दा बजारमा हजारको नोटमा कमी आएको छ।

राष्ट्र बैङ्कले आवश्यकता अनुसार तीन/तीन वर्षमा नोट छपाउने गरेको छ। पछिल्लो समयमा २०७७ आर्थिक वर्षमादेखि पहिलो पटक सुरक्षा धागोसहितको नोट छपाई कार्य गर्न सुरु गरेको हो। पछिल्लो समय ३१ करोड थान हजारको नोट सुरक्षा विशेषतासहित छापिँदा बजारमा नक्कली नोटको बिगबिगी कम भएको राष्ट्र बैकका सह प्रवक्ता डा। डिल्लीराम पोखरेलले बताए। उनले भारतीय कम्पनीलाई दिएको हजारको सुरक्षा धागोसहितको हजारको नोट छपाई प्रक्रियागत नै लामो भएकोले समय लागेको बताए। ‘अन्तर्राष्ट्रिय स्तरमै टेन्डर आह्वान गरेर जाने प्रक्रिया लामो नै हुन्छ। छपाईकन प्रक्रिया पनि लामो छ। छापेर ल्याएको नोट भेरिफिकेशन हुन्छ। कमसल भएपछि फिर्ता हुन्छ,’ सह प्रवक्ता पोखरेलले भने ‘सबै मापदण्ड र गुणस्तर मिलेको पाइएमा मात्र ओके हुन्छ। अनि छपाई सुरु हुन्छ।’

राष्ट्र बैङ्कले सहमति गरे अनुसार उक्त कम्पनीले पहिलो लट २ सय ७० दिनभित्र बुझाउनु पर्ने थियो। दोस्रो लटको ३ सय ५० देखि ४ सय ५० दिन भित्र कलकत्ता पोर्टमा पुर्यानइसक्नु पर्छ भने तेस्रो लट ५ सय ५० दिन देखि ६ सय ५० दिनभित्र पुराइसक्नु पर्ने सहमति भएको हो। पूर्ण छपाई कार्य सकेर चौथो लट सहमति भएको दिनदेखि ७ सय २० दिन देखि ८ सय १० दिन भित्र बुझाइ सक्नु पर्ने सहमति भएको राष्ट्र बैङ्कले जनाएको छ। 

‘सहमति भएको वर्ष दिन हुन लाग्यो। प्रक्रिया सुरु भएको छ,’सह प्रवक्ता पोखरेल भन्छन्‘हजारको नोटमा सुरक्षाका विशेषताहरू बलियो बनाइएको छ। प्रविधिमैत्री भएको छ। नक्कली र सक्कली नोट नाङ्गो आँखाले नै जनताले छुटाउन सक्ने भएका छन्।’

उनले अब राष्ट्र बैङ्कले २० रुपियाँको सिक्का समेत छपाई बारे छलफल सुरु गरिरहेको जनाए। ‘नोट भन्दा सिक्काको लामो आयु हुने भएकोले अब राष्ट्र बैङ्कले २० रुपियाँको सिक्काको छपाई बारे गृहकार्य सुरु गरिसकेको छ,’ उनले भने,‘५ रुपियाँको सिक्काको छपाई कार्य अघि बढेको छ।’ राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ र नेपाल राष्ट्र बैंक, नोट छपाई तथा सिक्का टकमरी निर्देशिका, २०६५ ९पहिलो संशोधन, २०७५० मा भएको व्यवस्था अनुसार नोट छपाइ ९खरिद० सम्बन्धी गुरुयोजना र सिक्का टकमरी सम्बन्धी गुरुयोजना अद्यावधिक गरिएको छ। चालु नोट छपाई चक्रमा छपाई हुने नोटहरूको आयु बढ्ने गरी नोटमा प्रयोग हुने पदार्थ तथा प्राविधिक पक्षलाई स्तरोन्नति गरिएको छ।

नोटमा सुरक्षण व्यवस्थाहरूसमेत थप गर्दै नेपाली नोट अन्तर्राष्ट्रिय गुणस्तरबमोजिम हुने गरी अझ सुरक्षित बनाउँदै लगिएको छ। चालु नोट छपाई चक्रमा रु।२० दरको नोट छपाई गर्न सम्झौता भई डेलिभरी आउने क्रममा रहेको तथा रु.५० र रु.१,००० दरको नोट छपाई गर्ने सम्झौता भइसकेको छ। आर्थिक वर्ष २०७९/८० मा रु.५ दरको ७ करोड ८० लाख थान, रु.१० दरको १३ करोड थान र रु.५०० दरको ६ करोड थान छपाई भई आएका नयाँ नोटहरू बैङ्कको ढुकुटीमा दाखिला भएको छ। आर्थिक वर्ष २०८० असार मसान्तमा विभिन्न दरका रु।२ खर्ब १६ अर्ब ५४ करोड ९२ लाख ४९ हजार बराबरको नयाँ नोट स्टक मौज्दात रहेको छ । अघिल्लो वर्ष यस्तो मौज्दात रु।२ खर्ब २७ अर्ब ८ करोड ६७ लाख ४९ हजार रहेको थियो।

प्रकाशित: ४ पुस २०८० ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App