२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

टिपरले किच्दा कामदारको मृत्यु

खोटाङ – टिपरले किच्दा ओखलढुंगामा एक कामदारको मृत्यु भएको छ। बा २ ख ९५६४ नम्बरको ढुंगा ओसार्ने टिफरले किच्दा सिद्धिचरण नगरपालिका–५ बर्णालुमा सडक निर्माणका काम गरिरहेका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–८ केरुङका १८ वर्षीय बिवायिसी तामाङको मृत्यु भएको हो।

टिफरको ढुंगा अनलोड गरेपछि व्याक गर्नेक्रममा शनिबार बिहान तामाङलाई चक्काले किचेको प्रहरीले जनाएको छ। उनको घट्नास्थलमै मृत्यु भएको हो। टिपरका चालक फरार छन्।

प्रकाशित: १३ माघ २०७४ ०८:३० शनिबार

टिपरले किच्दा कामदारको मृत्यु