हुम्ला – हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा दाेहाेराे कर उठाइएकाे भन्दै विप्लव माओवादीले खाद्यान्न सामाग्री बीच बाटोमै कब्जा गरेका छन्।
हुम्ला र मुगु दुबै जिल्लाका स्थानीय निकायले कर उठाएको भन्दै उनीहरूले १० दिनदेखि नून, तेल, चामल लगायतका खाद्यान्न बोकेका ३०० खच्चर रोकेर राखेका हुन्।
हुम्ला र मुगुको सीमा क्षेत्र बाममा खाद्यन्न रोकेर राखेपछि हुम्ला र मुगुमा खाद्यान्नको अभाव भएको सर्केगाड गाउँपालिका हुम्लाका अध्यक्ष कृष्ण रोकायाले बताए।
हुम्ला र मुगुका जिल्ला प्रमुखसँग यस विषयमा बुझ्न खोज्दा जिल्ला प्रशासन कार्यलयमा केही खबर नआएको र आफूहरूले त्यस विषयमा बुझ्न लगाउने बताए।
प्रकाशित: ७ माघ २०७४ ०५:४१ आइतबार