६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सिम्रौनगढमा प्रहरीले चलायो गोली, एक जना घाइते

बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडपमा प्रहरीले गोली चलाएको छ।

बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। गोली लागेर एक जना घाइते भएका छन्।

प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारी लक्ष्मी बीन मुखिया घाइते भएका छन्। उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा लगिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। उनका अनुसार झडपमा १० जना प्रहरी समेत घाइते भएका छन्।

प्रकाशित: २७ मंसिर २०८० ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App