१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आगलागीमा दुईको ज्यान गयो

रुकुम – रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा आगलागीमा परेर २ जनाको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन जाने क्रममा गाउँपालिका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए।

दुवैजनाको आगलागीमा परेर आइतबार बिहान ज्यान गएको भएपनि जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले ढिला गरी जानकारी आएको प्रजिअ सापकोटाको भनाइ छ।

आगलागीमा परेर सोही ठाउँका शेरबहादुर बोहरा गम्भीर घाइते भएको प्रजिअ सापकोटाले बताए । घाइते बोहराको जिल्लामा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ ल्याइएको सापकोटाले जानकार दिए । (रासस)

प्रकाशित: २ माघ २०७४ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App